हेटौंडा । मकवानपुर प्रहरीले गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आईतबार ९ किलो ८ सय ग्राम लागुऔषध गाँजासहित तरकारी बोक्ने गाडी नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका वडा नंबर २ भैसे चेकपोष्ट स्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त गाँजा सहित ५ जनालाई पक्राउ गरेको थियो । भीमफेदीबाट हेटौंडा तर्फ आउँदै गरेको बा ०३००१ च ११४४ नंबरको टाटा गाडीलाई चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।

प्रहरीले गाँजा सहित भिमफेदी गाउँपालिका वडा नंबर ५ बस्ने ३२ वर्षिय सविन रिजाल, २५ वर्षीय सोम सिं घलान, ६० वर्षीया जुठी माँया घलान, ६७ वर्षीय मान बहादुर घलान, ५० वर्षीय संचार सिं घलानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ । जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।