हेटौंडा । आर्थिक बर्ष २०८१/०८२ को बजेट निर्माणको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकाले जनस्तरबाटै सुरु गरेको सुझाब संकलन गोष्ठि गरिहेको छ ।

उपमहानगरको बिकास र समृद्ध उपमहानगर बनाउँनका लागि जनस्तरबाटै सुझाब संकलन गरीरहेको हेटौंडाले बिहीवार एकैदिन दुई वडामा कार्यक्रम गरेको छ । पालिकाले हेटौंडाको २ र १९ नम्बर वडामा जनताबाटै आएको सुझाब अनुसार नगरको आगामि बिकास गति निर्धारण हुने जनाएको छ ।

वडातहबाटै आएको माग अनुसार काम गर्दा नगरको बिकासमा सबैको भावना समेटिने भएकाले १९ वडाहरुमा योजना संकलनको काम गरिएको उपमहानगरले जनाएको छ । स्थानिय पालिकाको बजेट निर्माण पुर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने निति अनुसार उपमहानगर नगरको नेतृत्व सहित सबै वडाहरुमा पुग्ने बताइएको छ ।

आउँदो बर्षका लागि बन्ने बजेटमा स्थानिय स्तरबाटै बजेटबारे योजना निर्माणका लागि सुझाब संकलन गर्ने गरी अघि बढिएको सामाजिब बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए । उपमहानगरले वडाहरुको राजश्व संकलनको क्षमतालाई ध्यान दिँदै बजेट व्यवस्थापन गर्ने सोच जानकारी दिँदै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न सुझाब उपमहानगरको रहेको छ । २ र १९ नम्बर वडामा भएको सुझाब संकलनमा स्थानियले ढल व्ववस्थापन, सडक सार्वजानिक, शैक्षिक गुणस्तर सुधार, शिक्षा, सहकारी, बिद्युत पोल व्यवस्थापनको कामलाई अघि बढाउ जरुरी रहेको बताएका थिए ।

हेटौंडा २ का माधब न्यौपानेले उपमहानगर जाने आउँने मुख्य सडक क्षेत्रको मानसचौक खण्डको अवस्था लाजमर्दो भएको बताए । हेटौंडा आउँनेहरुले मुख्य रुपमा देख्ने चौकको अवस्थाले हेटौंडाको अवस्थालाई चित्रण गर्ने भएकाले व्यवस्थापन गर्न आग्रह गरे । उनले देश भरबाट आउँने मानिसहरुको नजरमा पर्ने वडाको पुर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए । सडकको पिच भत्किएको छ बनेको सडकहरुमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनको भनाई थियो ।

त्यस्तै हेटौंडा १९ का अञ्जु पण्डितले महिला लक्षित बजेट निर्माणमा ध्यान दिन आग्रह गरीन् । उनले कृषक, एकल महिला सहित घरमा काम नपाएर बसिरहेका महिलाहरु लक्षित गर्दै जिवनस्तर सुधारका लागि आयआर्जनमा जोडाउन जरुरी रहेको बताइन् । त्यस्तै स्थानियले वडा भरी रहेका बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि योजना बनाउँन जरुरी रहेको बताए । साबिकको गाउँपालिका भएकाले बजेट बितरणमा ध्यान दिँन स्थानियले आग्रह गरे ।