हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ कमानेमा दुई दिने सडक महोत्सव सुरु भएको छ । स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि ८ नम्बर वडा कार्यालयको आयोजनामा कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारा सहित महोत्सव सुरु भएको हो ।
सडक महोत्सवको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख लामाले उत्पादन सँग जोडिन आवश्यक रहेको बताइन् । उनले अहिले गाउँघरमा उत्पादन हुने बस्तु पाउँन मुस्किल भएको अवस्थामा गरीएको महोत्सवले स्थानियलाई उत्पादन सँग जोडिन मद्दत पुग्ने बिश्वास गरिन् । कार्यक्रममा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष रामकृष्ण थापा लगायतकाले बोलेका थिए ।
“कमानेको किनौं, कमानेलाई चिनौं” भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवमा ७० वटा व्यापारिक स्टल राखिएका छन् । वडा नम्बर ८ को मुख्य सडकको निम चोकदेखि सागरचोकसम्मको सडक किनारामा प्रदर्शनी राखिएको छ । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक कमिटीले जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस्