हेटौँडा । हिमालयन राइडर्स सोसाइटीको अध्यक्षमा राजु थापा मगर चयन भएका छन । शनिबार हेटौँडा भएको दोस्रो साधारण सभाबाट तीन वर्षे कार्यकालका लागि मगर अध्यक्षमा चयन भए । उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
सोसाइटीको उपाध्यक्षमा बुद्धराम श्रेष्ठ र जितेन्द्र महतो, महासचिवमा ईश्वर पाण्डे, सचिवमा दामोदर प्रसाद ढुङ्गाना र कोषाध्यक्षमा लक्ष्मी चरण श्रेष्ठ चयन भएका छन । यस्तै सोसाइटीको सदस्यमा नवराज नेपाल, विश्वास सापकोटा, अशोक जोशी, धर्मराज पाण्डे, दुर्गा प्रसाद लामिछाने, सीता श्रेष्ठ र आशिष थापा मगर चयन भएका हुन ।
मकवानपुर उद्योग बाणिज्य संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बारा राइडर्स एसोसियसन सिमाराका अध्यक्ष शेषराज अधिकारी, रामहरी सुवेदी, बिशालराज महत, राम बिक्रम थापा, प्रमेन्द्र महर्जन, नेलसन घलान, प्रेस सल्लाहकार भानुभक्त आचार्य लगायतकाको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्