हेटौंडा । हेटौंडा । उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले अबको विकास प्रविधि मैत्री हुनपर्ने बताएका छन ।

जीभ करिअर ईष्टिच्युट प्रा.लि.को आयोजना, व्यवसायिक सीप विकास तालिम केन्द्र, भैसेपाटी ललितपुरको सहयोग तथा बागमती एजुकेशन कन्सल्टेन्सी प्रालिको समन्वयमा सञ्चालित मोवाईल फोन मर्मत तालिमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले आजको युग प्रतिस्पर्धी युग भएकोले विकासमा प्रविधिलाई जोड्नु पर्ने र यस्ता तालिमले प्रविधिको प्रयोगको प्रवर्द्वन गर्नुका साथै सीपले रोजगारीको सृजना गर्न, आत्मनिर्भर र व्यवसायिक बनाउन मदत गरेको बताए । उनले प्रविधिको प्रयोग र प्रवर्द्वनमा सबै तहको सरकारको ध्यान जानुपर्ने र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।

हेटौंडा ४ स्कुलरोड स्थित प्रालिको कार्यालयमा ६५ दिनसम्म सञ्चालित हुने मोवाईल फोन मर्मत तालिममा २० जनाको सहभागीता रहेको छ । बागती एजुकेशन कन्सल्टेन्सी प्रालीका सञ्चालक शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर मोवाईल एसोसिएसनका अध्यक्ष नवराज चौलागाई, प्रशिक्षक उद्वव घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।