हेटौंडा । निर्माणधिन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)को अनुगमनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मकवानपुर आउने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड बिहान १० जिल्लाको भीमफेदी गाउँपालिका–८ महादेवटार आइपुग्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

नेपाली सेनाको हेलिकप्टर मार्फत अनुगमनमा आउन लागेका उनले महादेवटारसँगै फाष्ट ट्रयाक अन्तरर्गत लेनडाँडा र बकैया गाउँपालिका–५ राजदमारको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।