हेटौंडा । हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएर स्वतन्त्र रुपमा चुनावी प्रचारप्रसारलाई अगाडि बढाइएको छ । लौरो चुनाव चिन्ह लिएर उम्मेद्वारहरु मतदाताको घरघरमा पुगेका हुन् ।
चुनावी अभियान अन्र्तगत आज शुक्रवार हेटौंडा उपमहानगरपालिकाको भैरवरोड, कान्तिराजपथ, राप्ती रोड र बुद्धचोक क्षेत्रमा प्रचारप्रसार गरिएको हो । मतदातालाई भेटेर चुनावी एजेण्डा बारे जानकारी गराउँदै मतदाताको सुझाव संकलन गर्दै उम्मेद्वार हिडेका छन् ।
उही दल र उही नेतादेखि वाक्क दिक्क भएका मतदाताहरुले अब युवा वर्गले नेतृत्व गर्नुपर्ने भन्दै लौरोका उम्मेद्वारहरुलाई शुभकामना दिएका थिए । युवा वर्गका सबै लौरो अभियानप्रति उत्साहि भएका थिए । मकवानपुर क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य उम्मेद्वार दिपेन्द्रचन्द ठकुरी र मकवानपुर क्षेत्र नम्बर– १ को (ख) बाट प्रदेश सभा सदस्य उम्मेद्वार किशोर अर्याल मतदाताको घरघरमा पुगेका थिए ।












प्रतिक्रिया दिनुहोस्