हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रहरी भवन व्यवस्थित र सुविधासम्पन्न आवासहितको प्रविधिमैत्री हुनुपर्ने बताएका छन । बुधबार मकवानपुरको प्रहरी चौकी ठुलोदमारको नवनिर्मित भवनको समुद्घाटन गर्दै सूचना र सञ्चारको विकास भईसकेको अवस्थामा सेवा प्रवाहलाई छिटो छरितो बनाउन अब बन्ने प्रहरी भवन प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।
तत्कालिनन अवस्थामा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा एकैपटक मैले ४८ वटा प्रहरी चौकी निर्माण गर्न बजेट विनियोजन गरेको थिए, उनले भन्नुभयो “प्रहरी चौकीहरु असाध्यै जीर्ण अवस्थामा थिए, २०७२ सालको भूकम्पपछि धेरै चौकी भत्कीए, साहै्र अभावमा शान्तिसुरक्षा र जनसेवाको काम गर्नुपर्ने बाध्यता थियो ।” उनले प्रदेश सरकारको देखिने कामको रुपमा प्रहरी चौकी भवन निर्माण रहने बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भवन भएमा मात्र प्रहरीले सेवा प्रवाह गर्न सक्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले हेटौँडा १८ डिपो चौरमा प्रहरी अस्पताल बन्ने कामको लागी प्रदेश सरकारबाट ३ करोड बजेट विनियोजन भइसकेको बताए । उनले प्रहरी सेवामा थुप्रै अभाव रहेको हुदाँ पनि अभावै अभावमा शान्ति सुरक्षाको काम गरेको भन्दै प्रहरी सेवालाई प्रदेशमा समायोजन भएपछि सबै समस्याहरु समाधान हुने बताए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रहरी सेवालाई प्रदेशको मातहतमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताए । उनले यो वर्ष प्रहरी भवन निर्माणका लागी विभिन्न कारणले बजेट विनियोजन गर्न नसके पनि जीर्ण प्रहरी चौकी निर्माणका लागी बजेट नरोकिने बताए ।
४ कठ्ठा ८ दशमलव ५ धुर जग्गामा १८ जना जनशक्ति रहन सक्ने साढे दुई तलाको कार्यालय तथा व्यारेक भवन निर्माणका लागी २ करोड ३५ लाख ८६ हजार ७५८ खर्च भएको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले जानकारी दिइन् ।












प्रतिक्रिया दिनुहोस्