हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नं. २ कुर्लेदमारमा रहेको वंशगोपाल माविमा अध्ययनरत विद्यार्थीहरुलाई जडिबुटी सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कक्षा १० र ११ मा अध्ययनरत ३९ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वनस्पति अनुसन्धान केन्द्र, मकवानपुरका कार्यालय प्रमुख रघुराम पराजुलीले जङ्गली च्याउ, नेपालमा पाईने वनस्पतिहरु सम्बन्धि जानकारी, खेतिको लागि प्राथमिकतामा परेका जडिबुटी प्रजातिहरुको जानकारी सहित वनस्पति सम्बन्धी विविध जानकारी सहितको जनचेतनामूलक प्रस्तुतिकरण गरेका थिए । वंश गोपाल माविका प्रधानाध्यापक विक्रम चौरेको सभाध्यक्षतामा भएको कार्यक्रममा वैज्ञानिक अधिकृत अनिश कुमार कर्ण, युगल अर्याल, वंशगोपाल माविका शिक्षक बिष्णुमान श्रेष्ठ, स्थानीय सुनिता स्याङतान, शुभलक्ष्मी स्याङतान, सर्मिला वाईवा, रुपलक्ष्मी भुलुन, बेलकुमारी भुलुन लगायतकाको उपस्थिती रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्