हेटौंडा । सव डिभिजन वन कार्यालय, मकवानपुरगढीको आयोजनामा एक दिने लेखा ब्यवस्थापन तथा माईन्युट लेखन तालिम सम्पन्न भएको छ । सव डिभिजन वन कार्यलय, मकवानपरुगढीको चालु आव. ०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।

हेटौंडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा तालिम भएको हो । तालिममा लेखा राख्ने विधि, समूहमा राख्नु पर्ने विभिन्न प्रकारका अभिलेखहरु, कार्यक्रम बनाउदा ध्यान दिनु पर्ने कुराहरु, लेखा परिक्षण, विधान तथा कार्ययोजना, माईन्युट लेख्ने तरीका लगायतका विषयहरुमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

तालिममा रानी सामुदायिक वनका कार्यलय सचिव भीमसेन पौडेलले सहजीकारण गरेका थिए । तालिममा सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका सहायक वन अधिकृत डटेन्द्र कुमार गोलेले तालिमको उद्धेश्यको बारेमा जानकारी गराएका थिए ।

तालिममा रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले तालिम उपयोगी भएको र सिकेका ज्ञानहरुलाई आफनो समूहमा कार्यान्वयन गर्न आग्रह गरे । सव डिभिजन वन कार्यलय अन्तरगत रहेका विभिन्न सामुदायिक वनका गरि २५ जनाको तालिममा सहभागिता थियो ।