हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका सह–सचिव एवं कार्यालय प्रमुख नरहरि घिमिरेले बुधवार बार्षिक प्रतिवेदन बुझाएका छन । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका तर्फबाट ‘तेत्तीसौं वार्षिक प्रतिवेदन’ बुझाएका हुन ।
आयोगले आर्थिक बर्ष २०७९/८० मा गरेको कामसहितको प्रगति प्रतिवेदन बुझाइएको थियो । वार्षिक प्रतिवेदन ६ परिच्छेद र ४७४ पृष्ठमा समेटिएको छ । आयोगबाट ३३ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धानसम्बन्धी अधिकार समेत प्रदान गरिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा आयोगमा २० हजार ९०५ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त. भएका थिए भने अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ७ हजार १६२ उजुरीहरू समेतगरी २८ हजार ०६७ रहेका पुगेको तथ्याङ्क छ । परेका उजुरीमध्ये १८ हजार ७९९ अर्थात ६६.९८% उजुरी प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएका छन् ।
फछ्र्यौट भएकामध्ये एक हजार १३३ उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको, ७ हजार ८६९ उजुरी तामेली गरिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा लेखी पठाइएको आयोगको तथ्याङ्क छ । प्रारम्भिक छानबिनको क्रममा रहेका ९ हजार २६८ उजुरी चालु आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका छन् ।
आयोगबाट भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोप–पत्र दायर गर्ने. तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने कार्य सम्पादन भएको छ ।
यसका साथै, उजुरीहरूको अनुसन्धानको क्रममा आवश्यकता अनुसार सम्बन्धित निकायमा सुझाव, लेखी पठाउने, मुल्तबीमा राख्ने र भ्रष्टाचार भएको तथ्य प्रमाण नपुगेका उजुरी तामेलीमा राख्ने काम भएको छ । भ्रष्टाचार नियन्त्रण गरी सदाचार– र र– संस्कृति प्रवर्द्धनका लागि विभिन्न निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत सुदृढीकरणका कार्यहरू समेत यसैअवधिमा सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ ।
अस्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल र मातहतका कार्यालयहरु इटहरी, बर्दिवास, हेटौँडा, पोखरा, बुटबल, सुर्खेत, कन्चनपुर तथा बुटबलको सम्पर्क कार्यालयनेपालगञ्जबाट कार्यसम्पादन गर्दै आईरहेको छ । हाल आयोगमा ९९० कर्मचारीको दरबन्दी रहेकोमा आयोगको कार्यालय हेटौँडामा ६५ जनाकर्मचारीको दरबन्दी रहेको छ ।












प्रतिक्रिया दिनुहोस्