हेटौंडा । बागमती प्रदेश सरकारले गृहिणी महिलालाई उद्यमशील बनाउने भएको छ । “गृहिणी महिलासँग प्रदेश सरकार” भन्ने मूल नाराका साथ गृहिणीहरूलाई सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममै उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्ने नीति लिएर अगाडि बढेको छ । गृहिणी महिला उद्यमशील कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेश सरकारले पाँच करोड रुपियाँ विनियोजन गरेको छ । न्यूनतम लक्ष्य र कार्यविधि बनाउने बिषयमा सरोकारवाला बिच छलफल पनि चलेको छ ।

कार्यविधि कस्तो किसिमको प्रभावकारी हुन्छ भनेर पहिलो चरणको छलफल गरेका छौं, छलफलमा सहभागी बागमती प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवीप्रसाद ढकालले भने । गृहिणी महिलाको क्षमता अभिबृद्धि, सशक्तिकरण गर्न सके उनीहरुको आर्थिक आर्यआर्जन बृद्धि हुँदा घरेलु हिंसा पनि घट्ने विश्वास लिइएको छ ।