हेटौंडा । कोभिड रेन्सपोन्स टीम, हेटौंडा ६/१७ ले यहाँको एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । हेटौंडा –६, चौघडा निवासी मान कुमारी चौलागाईलाई टीमको तर्फबाट उपचारको लागि ६१ हजार ८४० रुपैयाँ सहयोग गरिएको हो ।
कोभिड रेन्सपोन्स टीमको तर्फबाट २० हजार र अन्य रकम विभिन्न ब्यक्तिहरुबाट संकलन गरिएको मान कुमारी चौलागाई बचाउ अभियानका संयोजक केशव धितालले बताए । संकलित रकम हेटौंडा –६ का निवर्तमान अध्यक्ष एवम भूमि आयोग मकवानपुका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाईले पीडितका श्रीमान सोमहरि चौलागाईलाई हस्तान्तरण गरेका थिए ।
क्यान्सर पीडित चौलागाईको हाल विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा उपचार भैरहेको छ । रकम पाए पछि श्रीमतीको उपचारमा सहयोग मिलेको पीडितका श्रीमान चौलागाईले बताए ।
विश्वमा फैलिएको कोभिडको समयमा कोभिड पीडितको उपचार र सहयोग गर्ने उद्देश्यले स्थापित यो टीमले भविष्यमा सामाजिक कार्य, दुःख र विभिन्न प्रकारका रोगबाट थलिएका र उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको टीमका सदस्य भरत सापकोटाले बताए ।












प्रतिक्रिया दिनुहोस्