हेटौंडा । हेटौंडा–१९ मा रहेको चनौटा सामुदायिक वन उपभोक्ता समूहको २५ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।
डिभिजन वन कार्यालय, राप्तीका प्रमुख लोकराज नेपालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष हरिशरण पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा अध्यक्ष पौडेलले संस्थागत प्रतिवेदन र चालु आव.०८०÷०८१ को लागि ३१ लाख ४६ हजारको अनुमानित आयव्यय विवरण, सचिव कुसुम पौडेलले प्रगति प्रतिवेदन र कार्यसमिति सदस्य लोकेन्द्र कार्कीले आव. ०७९÷०८० को लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा समूहका विपन्न बर्गका उपभोक्ताहरुलाई छात्रवृति वितरण गरिनुका साथै उत्कृष्ट उपभोक्तालाई पुरस्कृत गरिएको थियो । समूहले विपन्न बर्गका विद्यार्थीमा कविता तामाङ, कुमार अर्याल, विष्णु बहादुर खडका र उत्कृष्ठ उपभोक्तामा मिठु अर्यालालाई नगद पुरस्कार प्रदान गरेको थियो ।
साधारणसभामा हेटौडा–१९ का वडा अध्यक्ष नरनाथ सुवेदी, सव डिभिजन वन कार्यालय, बसामाडीका रेन्जर ज्ञान कुमार रिमाल, सामुदायिक वन उपभोक्ता महासंघ, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, समूहका सल्लाहकार राम प्रसाद पौडेल, प्रकाश थोकर, जनहित सामुदायिक वनका अध्यक्ष विक्रम पण्डित, कालिका हरियाली सामुदायिक वनकी अध्यक्ष गान्धी घलान, नेपाल रेडक्रस सोसाईटी बस्तीपुरका सभापति राजु घले, सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्