हेटौंडा । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको १६ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ मा रहेको ओम बृद्धाश्रमलाई सहयोग गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मकवानपुरले ओम बृद्धाश्रमलाई नगद १० हजार ५ रुपियाँ सहयोग गरेको हो ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय सदस्य वसन्तराज गौतम, जिल्ला अध्यक्ष वसन्त कुमार सिटौंलाले ओम बृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सहयोगको रकम हस्तान्तरण गरेका थिए ।
सहयोग हस्तान्तरण गर्दै केन्द्रीय सदस्य वसन्तराज गौतमले स्थापना दिवसमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष राजु अर्याल, प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला अध्यक्ष जयराम रायमाझी लगायतकाको सहभागिता रहेको थियो । २०६४ सालमा स्थापनमा भएको बृद्धाश्रममा २५ जना बृद्धबृद्धाले आश्रय लिईरहेका छन् ।












प्रतिक्रिया दिनुहोस्