![](https://www.anirudrakhabar.com/wp-content/uploads/2022/02/af250b80-a3dbb25e-cc17ef2f-15b84da5-accident_850x460_acf_cropped_850x460_acf_cropped_850x460_acf_cropped.jpg)
![](https://www.anirudrakhabar.com/wp-content/uploads/2022/02/af250b80-a3dbb25e-cc17ef2f-15b84da5-accident_850x460_acf_cropped_850x460_acf_cropped_850x460_acf_cropped.jpg)
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ३ भुमीचुली शनिवार टिपर दुर्घटना भएको छ ।
ऋद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीबाट चुन ढुङ्गा लिएर आउँदै ना १ क ५८७ नं. को टिपर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा मानबिय क्षति नभएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । टिपर पूर्ण रुपमा क्षति भएको र टिपर तत्काल घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्