
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं.५ मा लडेर एक जना घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय ५७ वर्षीया लब कुमारी खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार आफ्नै घरमा बसिरहेकी खतिवडा जुरुक्क उठ्ने क्रममा लडेर घाइते भएकी हुन । उनको नोबल अस्पतालमा सामान्य उपचारपछि सीएमसी भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Visited 457 times, 1 visit(s) today
प्रतिक्रिया दिनुहोस्