हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं.१२ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार सोमबार हेटौँडा–१२ बस्ने ४० वर्षीय दिलिप बहादुर रुम्बा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीय तिलक बहादुर घलानको केराबारीमा रुम्बा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाको मुचुल्का पश्चात शव हेटौँडा अस्पतालमा पठाइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।