हेटौँडा । हेटाँैडा खानेपानी ब्यवस्थापन बोर्डको ११ औ वार्षिकोत्सब मंगलवार हेटौँडामा भएको छ । हेटाँैडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता एवम बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा कार्यक्रम भएका हो ।

वार्षिकोत्सबमा बोर्डलाई सहयोग गर्ने विभिन्न ब्यक्ति र कर्मचारीहरुलाइ सम्मानित गरिएको छ । बोर्डको हरेक क्रियाकलापमा सहयोग गर्ने हेटौँडा–६ का भीमसेन पौडेल, हेटाँैडा ५ का शिव बहादुर थापा, हेटाँैडा ७ का राजु अधिकारी, पानी महसुल बढी बुझाउने एभोकाडो अर्किड रिसोट प्रालि, हेटौँडा ४ कि पुष्पा घिमिरे, १६ का कृष्णप्रसाद दंगाल, १८ का बलभद्र राना, १९ का भवनाथ लामिछाने र प्रविधिमा सहयोग गर्ने श्यामकल श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

त्यस्तै कर्मचारी तर्फ अनिल सुवेदी, किशोरराज न्यौपाने, बिदुर खड्का , सानुकान्छा जिम्बा, कृष्णप्रसाद वाग्ले, मोहन थिङ, गोकुल रिजाल, दीपक चौलागाई, सानुकान्छा थिङ, नरेन्द्रराज ढकाल, दुर्गा बहादुर थिङ र गीता विकलाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

खानेपानी ब्यवस्थापन बोर्डले नगरका ११, १२ र १३ वडा बाहेक १६ वटा वडामा धारा विस्तार गरि २७ हजार ५ सय घरधुरीलाई दैनिक ३ करोड ५० लाख लिटर पानी उपलब्ध गराउदै आएको छ । यसबाट दैनिक सरदर १३ घण्टा पानी वितरण गर्ने गरेको बोर्डको दाबी छ । एकसय १२ जना कर्मचारी रहेको बोर्डले बार्षिक करिव २० करोडको कारोवार गर्ने गरेको बोर्ड सदस्य ईन्द्र नेपालले बताए ।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, हेटौँडा २ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, संघिय खानेपानी तथा सरसफाई आयोजना प्रमुख उज्वल प्रजापति, खानेपानी तथा सरसफाइ डिभिजन नं १ का प्रमुख हरिराम पौडेल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रबाल, नेपाल पत्रकार महासंघ मकवानपुर निवर्तमान अध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारी, टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।