हेटौँडा । एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छिन् ।

शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् । यस्तै, सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।

अग्रजलाई सम्मान
अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एघार जना अग्रज व्यक्तित्व सम्मानित भएका छन् ।

सम्मानित हुनेमा घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिला कुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुुकुमार थापा र सन्तबहादुर राना मगर रहेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनको विकासका लागि योगदान पु¥याएकोप्रति उनीहरुलाई सम्मान गरिएको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटिका सचिव सफल अधिकारीले बताए ।

अब समाजवादी क्रान्तिः नेता खनाल
अधिवेशन उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता एवम् पूर्व पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा पुँजीवादी क्रान्ति सकिएकाले अब समाजवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्ने बताए ।

नेता खनालले देशमा अब समाजवादी क्रान्ति आवश्यक भएकाले यस दिशामा आफ्नो पार्टी अगाडी बढ्ने बताए ।‘हामी महाधिवेशनको तयारीमा छौं । महाधिवेशनले समाजवादी कार्यक्रमहरु अगाडी सारेर जानेछ ।’ खनालले भने,‘अब सबै दलले समाजवादको एजेन्डालाई अघि सार्नुपर्छ ।’ उनले जनताको बहुदलीय जनवाद अन्तर्गतका कार्यक्रमको सान्दर्भिकता सकिएको बताउँदै एमाले पनि समाजवादको एजेन्डामा आउनुपर्ने बताए ।

अधिवेशन उद्घाटनमा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं पार्टी बागमती प्रदेश कमिटीका सहइन्चार्ज ललित कुमार बस्नेत, पोलिटब्युरो सदस्य एवं बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा पार्टी कानून विभागका प्रमुख घनप्रसाद गौतम, पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज मुनु सिग्देल, केन्द्रीय सदस्य एवं पार्टी मकवानपुर सहइन्चार्ज राजाराम स्याङतान, मीना कुमारी लामा, केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल,केन्द्रीय परिषद् सदस्यहरु यादव गजुरेल,सीता अधिकारी,पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दहाल, पार्टी प्रदेश कमिटी सदस्य शिवहरि बर्तौला, पार्टी मकवानपुर उपाध्यक्षद्वय किरणमान बल, कल्पना विश्वकर्मा, सचिव ध्रुव बहादुर भुजेल, उप सचिवहरु टंक मोक्तान, कविन पन्त, किशोर बर्तौला, पार्टीका युवा नेताहरु किशोर टन्डनको आतिथ्यता थियो । अधिवेशन पार्टी नगर कमिटी अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको हो ।