![](https://www.anirudrakhabar.com/wp-content/uploads/2022/09/1080705115death.jpeg)
हेटौँडा । काठमाण्डौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको मकवानपुर स्थित निर्माणाधिन सुरुङ मार्ग भित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।
द्रुतमार्गको सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर बारा निजगढ घर भएका २८ बर्षिय बिमल थिङको घटना स्थलमै मृत्यु भएको छ भने उनीसँगै काम गर्ने तनहुँ घर भएका २७ वर्षीय राजु बि.क. गम्भीर घाइते भएका छन ।
बुधबार दिउँसो मकवानपुरको बकैया–१२ स्थित चालिसेडाँडामा काठमाण्डौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गा खसेर थिङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गम्भीर घाइते हुनुभएका विकको हेटौँडा–११ मा रहेको सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्