हेटौंडा। कान्तिलोकपथ सडकखण्ड बन्द भएको छ। शनिबार बिहान परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको उक्त सडकखण्ड अवरुद्ध बनेको हो।

अविरल बर्षाको कारण कान्तिलोकपथ सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदि-८ महादेवटारमा  पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउनको लागि सम्बन्धित निकायमा समन्वय भईरहेको र पहिरो हटाउन ३/४ घण्टा लाग्ने भएकोले बैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ।