हेटाैँडा । मकवानपुरको सिस्नेरीमा शनिबार बिहान टाटो सुमो दुर्घटना हुँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार दुर्घनामा परि घाइते भएका १० जनाकै पहिचान खुलेको हो । घाइते हुनेमा ८ जना भारतीय र दुईजना नेपाली रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहाका अनुसार सुमोका चालक पर्साको वीरगंज महानगरपालिका घर भई ललितपुर बल्खु बस्ने ३३ वर्षका जाकिर मिया तेली, बाराको आदर्श कोतुवाला गाउँपालिका वडा नम्बर ७ का औसान अन्सारी रहेका छन् उनीहरुको टाउँको, छाती शरिरका विभिन्न भागमा चोट लागेको छ ।
यस्तै भारत घर भई हाल काठमाण्डौ जिल्ला तारकेश्वर नगरपालिका नेपालटार बस्ने ४० वर्षको सन्तोष रन्जन, ६१ बर्षको सतेन साह, काठमाडौं १४ कालिमाटीमा गार्मेन्टमा काम गर्ने ५० वर्षको सोभरती अन्सारी, ३० वर्षको सुनिल राम, ३५ वर्षको प्रदिप राम, ४४ वर्षको मोहमद मुस्लिम र २४ वर्षको अनिल राम रहेका छन् । घाइते अधिकांसको टाउको, छाती र शरिरको बिभिन्न भागमा चोट लागेको प्रहरी निरीक्षक साहाले जानकारी दिए ।
यसअघि शनिबार मकवानपुरको सिस्नेरीमा काठमाडौंबाट वीरगंजको लागी छुटेको मधेश प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । प्रहरी निरीक्षक साहाका अनुसार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजार नजिकै सडक छेउमा रहेको नालमा सुमो दुर्घटना भएको हो । घाइते सबैलाई उपचारको लागी काठमाडौं लगिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्