हेटौँडा । हेटौँडा उपमहानगरपालिका–११, भैरवडाँडामा सोमबार एक वृद्धा मृत फेला परेकी छिन् ।
बिहान ९ बजेर ४० मिनेटको समयमा ७१ वर्षीया ठूलीमाया विश्वकर्मा ओछ्यानमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । विश्वकर्मा आफ्नै घरको सुत्ने कोठा भित्र खाटमा अचेत अवस्था फेला परेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।
ठूलीमायाको दुबै कानबाट रगत बगेको पाइएको उनको भनाइ छ । घरमा ठूलीमाया र २८ वर्षीया नाति प्रविण विश्वकर्मा मात्रै बस्दै आएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्