हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध ४८ एम्पुल सहित दुईजना पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट थानाभर्याङग मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. १२ नयां पुल स्थित भित्री बाटो बस्ने २७ बर्षिय रमेश बिश्वकर्मा र सोही स्थानका २७ बर्षिय सजन बिश्वकर्मालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाईजेपाम १६ एम्पुल, फेनरागन १६ एम्पुल, नुफिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल बरामद गरेको थियो ।
दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्