हेटौंडा । शनिबार दिनभर रंगशाला फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना प्रकाशित गर्दै रंगशाला फिडर अन्तर्गत हेटौंडा–६,७,८,१६,१७ १८ र फुर्केचौर सम्मका क्षेत्रमा लाइन अवरुद्ध हुने जनाएको छ ।

कमाने सव–स्टेशनमा नयाँ फिडर निर्माण गर्नु पर्ने भएकोले बिहान १० बजेबाट साँझ ५ बजेसम्म बिद्युत आपूर्ति बन्द रहेको जनाएको हो ।