हेटौंडा । हेटौंडा ४ मा रहेको भूटनदेवी माविको सटर प्रकरणले अहिले बजार तातेको छ । लुट, कुट र छुटका कारण र बिषय जोडिदा सटर प्रकरणले उग्र रुप लिएको हो । भूटनदेवीको सटर प्रकरणका कारण जनप्रतिनिधि माथि हात हालाहाल भएको छ ।

भूटनदेवी माविको सटरका बिषयमा प्रश्च चिन्ह उठेपछि बिद्यालयले ३ पेजको गोलमटोल हिसाव किताव पत्रकारहरु सामु सार्वजनिक गरेको छ । बिद्यालय निकट केही पत्रकार बोलाएर हिसावकिताव सार्वजनिक गरिएको हो ।

बिद्यालयले अहिले भाडामा लगाउन तयार पारेको सटर ठेक्का पाएको कम्पनीसंग अन्तिम सम्झौंताको तयारीमा रहेको भएपनि सम्झांैंता अगावै ठेकेदारले सटर भाडामा दिईसकेका छन् । सम्झौंता अगावै भाडामा लगाईएको सटरमा पसल संचालनमा आईसकेको बिद्यालयले जनाएको छ ।

सार्वजनिक गरिएको बिद्यालयको हिसाव कितावमा एकमुष्ट करोडौं खर्च देखाइएको छ भने खर्च भएका शिर्षकहरु खुलाईएको छैन । कोभिडकालमा बिद्यालयले ५ लाख २४ हजार ९४७ रुपियाँ ब्यापारिहरुलाई छुट दिईएको देखाईएको छ भने सटर वाहलबाट प्राप्त आम्दानीबाट उमेर हदका कारण अवकास वापत उपदान रकम १५ लाख २४० रुपियाँ बिद्यालय कर्मचारीलाई दिएर बिदाई गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्वा दोर्जे लामाले बिद्यालयले निर्माण गरेको कुनैपनि सटरको नक्सा पास नगरिएको जानकारी दिए । उनले पत्रकार सम्मेलमा सटरका भवनहरु निर्माण भईसकेको र अब नक्सा पास गर्नका लागि प्रक्रियामा जाने तयारी भएको छ । हेटौंडा उपमहानगरपालिका भित्र भवन निर्माण गर्दा हेटौंडा उपमहानगरपालिका संग इजाजत लिएर भवन निर्माणको नियम अनुसार नक्सा पास गरेर मात्रै भवन निर्माण गर्नुपर्ने नियम भएपनि बिद्यालयले इजाजत बिनै ७३ वटा सटर निर्माण गरेको छ । बिद्यालयले पारिजातपथ र भैरवरोड क्षेत्रमा रहेका सटरहरुको नगरपालिकाबाट नक्सा पास नै नगरि आफ्नै हिसावले सटर निर्माण गरेको अध्यक्षले स्वीकार गरेका छन् ।