हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका अन्तर्गत जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दिउँसो करिब साढे ३ बजेको समयमा बा ३ ख ७८५८ नम्बरको बस अनियन्त्रित भै सडकबाट करिब ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।
६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौतमले जानकारी दिए । उनीसहितको प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ । प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारको लागि पठाएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको गौतमले बताए ।
काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्ती ओरालोमा दुर्घटना भएको हो । ’६ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते करिब १८÷२० जना नै छन् । उनीहरुलाई २ र ३ वटा गाडीमा हालेर उपचारका लागि पठाएका छौं’, गौतमले भने, ’अरु विवरण आउन बाँकी छ । हामी उद्दारमै छौं ।’ यस सडक खण्डमा अत्याधिक दुर्घटना हुने गरेको छ ।












प्रतिक्रिया दिनुहोस्