हेटौंडा । मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ । हेटौंडाको सानोपोखाराबाट लागुऔषध खैरो हिरोइन सहित तीन जना युवकलाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नं. ५ बाट १ ग्राम ४६० मिलिग्राम खैरो हिरोईन सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले चेकजाँका क्रममा ना ४८ प ९००५ नम्बरको मोटरसाइललाई रोकी जाँच गर्दा गर्दा १ ग्राम ४६० मिलि ग्राम खैरो हेरोईन र सानो डिजिटल तराजु १ थान र नगद २६ हजार ५ सय सहित हेटौंडा–१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय अनिष चौलागाईं र हेटौंडा–२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्कीलाई पक्राउ गरेको छ ।

लागु औषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।