हेटौंडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा आईतवार रातोमाटेमा वन ब्यवस्थापन तालिम भएको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको चालु आव. ०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्यवस्थापन तालिमको आयोजना गरिएको हो ।

तालिममा वन ब्यवस्थापन गर्ने विधि, यसको फाईदा र वितरण प्रक्रियाको बारेमा जानकारी दिईएको थियो । तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ, फरेष्टर यदुकुमार घिमिरे र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सहजीकरण गरेका थिए ।

सव डिभिजन वन कार्यालय, हेटौडा अन्तरगत रहेका विभिन्न सामुदायिक वनका ३५ जनाको सहभागिता रहेको तालिमको फिल्ड अभ्यास महिला सिर्जना सामुदायिक वनमा गरिएको थियो ।

भीमसेन पौडेल
थप जानकारी