हेटौंडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं वािर्षक साधाणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभालाई सम्वोधन गर्दै बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले सहकारीको माध्यमबाट गरिवी न्यूनीकरण गर्न सकिने बताउनु भएको छ । सहकारीले संस्थाको उद्धेश्य अनुसार शेयर सदस्यहरुको जीवनसतरमा परिवर्तन गर्न सक्ने भएकाले त्यस तर्फ आफना कार्यक्रम लक्षित हुने पर्नेमा जोड दिए । जनकल्याण सहकारी संस्था देशकै उत्कृष्ठ सहकारी भएकाले यसले गर्ने क्रियाकलापले सहकारीको दीगो विकासमा सहयोग गर्ने बताए ।

साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र महिला उपसमितिकी संयोजक रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा संस्थापक शेयर सदस्य खिल प्रसाद गौतम, रघुप्रसाद आचार्य, रमेश प्रसाद लामिछाने, प्रल्हाद शर्मा आचार्य, ज्येष्ठ शेयर सदस्य ईन्द्र सिह थिङ, राममाया डिमडुङ, मासिक बचतकर्ता सानोकान्छा थिङ, बबिता थापालाई पुरस्कृत गरिएको थियो ।

यसैगरि उद्यम ब्यवसायी तर्फ सुशिला श्रेष्ठ, मधुवन श्रेष्ठ, असली कारोवारीमा हेमाकुमारी तिमल्सिना, सोमप्रसाद रुपाखेती सञ्चारकर्मी तर्फ सिधाखवर डटकमका श्रीराम दाहाल पुरस्कृत भएका छन । संस्थाले साधारणसभामा बाल बचतकर्ता, धेरै सदस्य बनाउने र एकैदिन सदस्यता लिने जोडीलाई समेत पुरस्कृत गरेको थियो ।

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य एवम संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य शंकर कालाखेती, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, सुनगाभा बहुउद्धेयीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका सल्लाहकार बद्री बहादुर पाठक, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

२ हजार ८ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ५३ लाख निक्षेप २१ करोड १५ लाख र ऋण लगानी २० करोड ५ लाख रहेको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।

भीमसेन पौडेल
थप जानकारी