हेटौंडा । हेटौंडा–६, चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको बन्दसत्रले विष्णुप्रसाद ढुङगानाको अध्यक्षतामा ७ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा जयराम घिमिरे, सचिवमा नेत्र प्रसाद ढुङगाना र कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ चयन भएका छन । यसैगरि सदस्यहरुमा मधुकुमार दंगाल, सरस्वती पुडासैनी र गिता हुमागाई रहेका छन ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालचन्द्र भट्टराई र सदस्यहरुमा राजीव खनाल र यसोदा भट्टराई चयन भएका छन । समितिको नयाँ सञ्चालक समिति गठनको लागि अर्जुन प्रसाद चौलागाईको संयोजकत्वमा श्याम प्रसाद भट्टराई र सन्ध्या श्रेष्ठ सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवदेन, उपाध्यक्ष डोर बहादुर अधिकारीले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा संयोजक गोपालचन्द्र भट्टराईले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा निवर्तमान ब्यवस्थापक गोमा लामछिाने, ज्येष्ठ शेयर सदस्य चिन्तामणी घिमिरे, नियमति बचतकर्ता अर्जुन प्रसाद चौलागाई, असली ऋणी राजकुमार दाहाल, सविता सुब्बा, उत्कृष्ट कृषक जीवन सापकोटा, भवानी राई र सञ्चारकर्मी सुनिल शिवाकोटाीलाई नगद पुरस्कार सहित सम्मानित गरिएको थियो ।

हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा हेटौडा–६ का वडा सदस्य विजय पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सहकारीका संस्थापक अध्यक्ष राघव न्यौपाने, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद चौलागाई, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, बंशगोपाल दुग्ध सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपाने, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, जनकल्याण सहकारीका सचिव रोम बहादुर न्यौपाने, संस्थाका सचिव किशोर न्यौपाने, सञ्चारकर्मी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो ।