हेटौंडा । हेटौंडा–१७ गैरीगाउँमा रहेको लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाका नवनिर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले मंगलवार पद तथा गोपनियताको शपथ लिएका छन । निर्वाचन समितिका संयोजक उदय बिडारीले पद तथा गोपनियताको शपथ गराएका थिए ।

संस्थाको पौष २८ गते सम्पन्न भएको २२ औं वार्षिक साधारणसभाले अर्जुन प्रसाद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति र दामोदर तिमल्सिनाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको थियो ।

समितिको उपाध्यक्षमा नवराज न्यौपाने, सदस्यहरुमा यतिन्द्र पुडासैनी, कमला श्रेष्ठ हरि प्रसाद घिमिरे, बोधनाथ तिमल्सिना, उमेश राई, बुद्धिनाथ न्यौपाने, निला अधिकारी निर्वाचित भएका थिए । यसैगरि लेखा समितिको सदस्यमा सीता सुवेदी र गोपाल अगस्ती चयन भएका छन ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रुपचन्द्र बिडारी, सञ्चारकर्मी भीमसेन पौडेल, पूर्व पदाधिकारहरु, कर्मचारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।