काठमाडौँ । दोर्दीखोला जलविद्युत कम्पनीले आयोजना प्रभावितहरुका लागि बैशाख १३ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आईपीओमा छिटोमा बैशाख २७ गते र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ । स्थानीयको लागि १० लाख ५४ हजार २ सय ६० कित्ता छुट्याएको र न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि दिन सकिने जनाइएको छ ।

कम्पनीले आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, श्रीभन्ज्यांग, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार, र हिलेटक्सार १–८ वडाका स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । उक्त कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।