ए बैगुनी मिरा तिमीले बिगार्यौ
भएँ चिरा चिरा तिमीले बिगार्यौ

के नै छ र बाकि शरीरमा भन्नु ?
धमनी र शिरा तिमीले बिगार्यौ

अनमोल हिजो थियो जिन्दगानी
त्यो मोति त्यो हिरा तिमीले बिगार्यौ

त्यो तिम्रो त्यो मेरो अधुरो कहानी
लागे नि धमिरा तिमीले बिगार्यौ

मनोज पोखरेल
थप जानकारी