हेटौंडा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकवानपुरमा जोन सञ्चालक समन्वयन समिती गठन भएको छ ।
विमला कार्कीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो । समितिको सचिवमा चौघडाका युवा उद्यमी भरत सापकोटा चयन भएका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय इकाई मकवानपुरको आयोजनामा बुधबार सम्पन्न अभिमुखीकरण कार्यक्रम मार्फत समिति गठन गरिएको थियो ।


परियोजनाले हेटौंडा उपमहानगर भित्रका वडा नम्बर ६,७,८,१२,१६,१७,१८ र मनहरी गाउँपालिकाको वडा नम्बर ३ देखि ९ धान जोन अन्तर्गत कार्यक्रम गर्ने सचिव सापकोटाले अनिरुद्र खबरलाई जानकारी दिए ।

परियोजनाले यस अघि थाहा नगरमा रहेको पालुङलाई तरकारी जोनको रुपमा बिकास गरि काम गरेको थियो । आर्थिक बर्ष २०७३÷७४ देखि आव २०८३÷८४ सम्म अर्थात परियोजनाको अवधि १० बर्ष रहेको छ ।