हेटौंडा । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुई करोड ३३ लाख लागतमा दुग्ध प्रशोधन उद्योग स्थापना गर्ने भएको छ ।

उद्योग स्थापना गर्नको लागि सहकारीको ३४ औ बार्षिक उत्सवको अबसरमा भबनको शिलान्यास गरिएको हो । सहकारीले दुग्ध प्रशोधन कार्यको सुधार गरि गुणस्तरीय दूध तथा दुग्ध पदार्थको उत्पादनमा वृद्धि गरि बिक्री बित्तरण गर्ने र संकलित दुधको विविधीकरण गरि विभिन्न दूध परिकारहरु तयार गर्ने, अत्याधुनिक डेरि स्थापना गरि गुणस्तरीय घ्यु ,पनिर ,दहि ,आईसक्रिम उत्पादन गर्ने जनाएको छ । मकवानपुरगढी ३ मक्रान्चुलीमा संस्थाले २३ लाख लागतमा सात धुर जग्गा खरिद गरेको थियो ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल र वडा अध्यक्ष भागवत घिमिरेले संयुक्त रुपमा भबनको शिलान्यास गरेका थिए ।

हेटौंडा टुडेको सहयोगमा तयार पारिएको समाचार सामाग्री ।