हेटौंडा । मकवानपुर गढी गाउँपालिकामा रैथाने बाली कोदो र फापरको परिकार बनाउने तालिम भएको छ । माघ २७ गतेदेखि २९ गते अर्थात तीन दिन सम्म तालिम संचालन भएको हो ।

मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा तालिम भएको थियो । स्थानीय उत्पादन प्रवद्र्धन, विविधिकरण र व्यवसायीकरण गर्ने उदेश्यले तालिम संचालन गरिएको थियो ।

तालिममा कोदो र फापरको विभिन्न परिकारहरु मःमः, पिज्जा, दुनोट, हलुवा, निमकिन, बिस्कुट पाउरोटी, महफिन, प्यान केक, कप केक, बटर केक, बाल आहार (लिटो) लगायतका परिकारहरु बनाउन सिकाइएको थियो । तालिममा २२ जनाको सहभागिता रहेको थियो ।