हेटौंडा । आलुको उचित मुल्य नपाएपछि कृषकहरु अहिले चिन्तित छन । महंगोमा मल, बिउ, जनशक्तिको प्रयोग गरेर अहिले आलु खनेर बेच्ने बेला उचित मुल्य नपाउँदा उनीहरु चिन्तित बनेका हुन ।

हेटौंडा १७ गैरीगाउँका कृषक रामेश्वर ढुंगाना कृषि क्षेत्रमा गरेको लगानी उठाउँनै हम्मे हम्मे पर्ने गरेको बताउँछन । उनले ५ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायी रुपमा तोरी तथा आलुको खेति गरेका छन । ढुंगाना अहिले आलु खन्न व्यस्त छन्, उनी उचित बजार भाउ नपाउँदा चिन्तामा छन । उनले केही अर्मपर्मबाट काम गरेका छन भने बाँकी दैनिक ५ सय रुपियाँ ज्याला तिरेर कृषी काम गर्न सहयोग लिएका छन । अहिले खुमल रातो र लाल गुलाव आलु प्रतिकेजी १८ रुपियाँ र काडिनल जातको आलु प्रतिकेजी २० का दरले उनले खेतबाटै बिक्री गरेका छन ।

आलु रोप्ने बेला भनेका बेला बिउ नपाउने समस्या उस्तै छ । उनले आलु रोप्नेबेला मल हेटौंडामा नपाउँदा ब्लाकमा निजगढ पुगेर खरिद गरेर ल्याएका थिए । सिचाइका लागि भने खासै समस्या नरहेको उनले बताए ।

यता व्यापारीहरुले एकलौटी सिन्डीकेट गरेको उनको गुनासो छ । व्यापारीहरुको संगठन छ, हामीले बजारमा लग्यौ भने पनि हाम्रो आलु बिक्ने अवस्था छैन, उत्पादन हामीले गछौं, भाउ व्यापारी र बिचौलियाहरुले लगाउँछन । आलु खन्ने बेला बिचौलीयाहरु खेत खेलमै बोरा लिएर पुग्ने र सस्तोमा आलु लैजाने गरेको उनले बताए ।

कृषिमा आधारित रहेको भनियता पनि कृषि योग्य अधिकांश जमिन अहिले प्लटिङ भएका छन । कंक्रिटले उत्पादन योग्य जमिन मासिएका छन, बाझो बसेको छ अहिले कृषियोग्य जमिन । कृषि पेशामा लागेका कृषक समयमा मल, बिउ नपाउने समस्यामा त छर्दैछन्, जसोतसो उत्पान गरेको उत्पादन बेच्ने बेला पनि उचित बजार मुल्य नपाउँदा दुखित् छन कृषक ।