हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले पशुहरुमा लाग्ने खारेत विरुद्धको भ्याक्सिन लगाउने कार्य सम्पन्न गरेको छ ।

संस्थाको चालु आव. ०७८÷०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार खोरेत विरुद्धको भ्याक्सिन लगाउने कार्य गरिएको संस्थाले जनाएको छ । खुट्टा र मुखमा घाउ आउने, ¥याल चुहाउने, गलफुलो सुनिने खोरेत रोगको लक्षण हो । यो रोगको रोगथाम गर्न पशुहरुलाई संस्थाले प्रत्येक वर्ष भ्याक्सिन लगाउने गरेको व्यवस्थापक लक्ष्मण सापकोटाले बताए ।

संस्थाले चौघडा, चुच्चेखोला, शान्तिटोल, दिब्यनगर, न्यूरेनी, चिसापानी लगायतका क्षेत्रहरुमा रहेको १ सय २० वटा गाई ५ वटा भैसी १० वटा पाडापाडी र ८१ वटा बाछाबाछी गरि कुल २ सय १६ पशुहरुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाईएको पशु प्राविधिक मदन न्यौपानेले बताए ।

भीमसेन पौडेल
थप जानकारी