Two textured background and blue paper mockup

हेटौंडा । गाई पालन गरेर हेटौंडाका एक युवाले मासिक डेढ लाख आम्दानी गरेका छन । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ कल्यान्टारका विवेक खनालले गाई पालन मार्फत मनग्य आम्दानी गरेका हुन । उनले सबै खर्च कटाएर मासिक डेढ लाख बच्ने गरेको बताए । गाईको दुधको साथै उनले गोबर मल पनि बेच्ने गरेका छन ।

दुई बर्षदेखि व्यवसायी रुपमा गाई पालन गरिरहेका खनालको गोठमा अहिले २० वटा गाई छ, जसमध्ये ७ वटा दुहुनो छ । उनले छिमेकी राष्ट्र भारतबाट ५ वटा होलिस्टेन जातको र अन्य नेपालकै जर्सी जातका गाई ल्याएर पालन थालेका थिए ।

उनले दैनिक एक सय लिटर दुध बेच्ने गरेका छन । उनको गोठमा रहेको होलेस्टेन जातको गाईले बिहान–बेलुका (प्रतिदिन) ३२ लिटर र जर्सी गाईले २५ लिटर सम्म औषध दुध दिने गरेको छ । होलेस्टेन जातको गाईको प्रति गाई १ लाख २५ हजार र जर्सी गाईको प्रति गाई ९० हजारदेखि १ लाख रुपियाँ सम्म पर्ने गरेको उनले बताए ।

उनले गाईका लागि ४० कठ्ठा जग्गामा घाँस खेति गरेका छन । जैं, बर्सिम, सुपरनेपियर जातका घाँसहरु गाईका लागि राम्रो हुने उनले बताए । यता दुधको बजार मुल्य न्यून भएको प्रति उनले गुनासो पोखें । दाना तथा भेटेनरी खर्च महंगो छ, उनले थपे दुधको बजार मुल्य न्यून हुँदा किसान मर्कामा छौं ।

खनालको परिवारले गाई पालन गर्न थालेको लामै समय भईसकेको छ, बुबा आमाले गरेको पेशालाई नै उनले प्राथमिकता दिए र नेपालमै केही गर्नुपर्छ भनेर गाई पालन बिस्तार गरेको बताए । खनालले अभिभावकले गरिरहेको परम्परागत पेशालाई दुई बर्षदेखि आधुनिकिकरण र व्यवसायीकरण गर्नुपर्छ भनेर लागेका थिए । उनी संगैका सार्थीहरु बिदेश जाने तयारीमा रहेपनि उनी नेपालमै बसेर केहीगर्न पर्छ भनेर लागेका युवा हुन । उनले आफुले अंगालेको पेशाप्रति आफु खुसी र आम्दानीबाट सन्तुष्ट रहेको बताए । खनाल हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा स्नातक तहमा अध्ययनरत बिद्यार्थी पनि हुन ।

यता गाई पालनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले पनि वडाबाट हुन सक्ने सहयोग गरेको बताए । उनले वडाका युवालाइ स्वरोजगार बनाउँन, कृषि पेशामा जोड्न कृषिमा अनुदान दिएको बताए । खनालको गाई फामका लागि वडाले गोठ बनाउँन डेढ लाख रुपियाँ अनुदान दिएको उनले बताए । वडामा तरकारी खेति गर्न टनेल निर्माण गर्न अनुदान उपलब्ध गराएको उनले बताए ।

अनिल पराजुली
थप जानकारी