तरकारी स्वादिलो बनाउन हामी लसुनको प्रयोग गरिरहेका हुन्छौँ तर, यसको औषधीय गुणका बिषयमा धेरैलाई थाहा नहुन पनि सक्छ । आयुर्वेदले लसुनलाई औषधी नै मानेको छ । बिहान खाली पेटमा लसुन खाँदा झन् धेरै फाइदा हुन्छ । लसुन खानुका पाँच फाइदा यस्ता छन् ।

उच्च रक्तचापबाट छुटकारा
बिहान खाली पेटमा एक पोटी लसुन खाँदा उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत पुग्छ । लसुनले हाम्रो रगतको सर्कुलेसनलाई नियन्त्रणमा राख्न सहयोग गर्छ ।

पेटका बिरामी हटाउन
लसुन खानाले उच्च रक्तचापबाट छुटकारा पाउने मात्र होइन, पेटसँग जोडिएका समस्याहरु समाधानमा ठूलो सहयोग पुग्छ । त्यसको रोकथाम लाई लसुन अत्यन्त उपयोगी मानिन्छ । पानी उमालेर त्यसमा लसुनको पोटी हालेर खाली पेटमा खाँदा झाडापखालाबाट पनि छुटकारा पाइन्छ ।

मुटु हुन्छ स्वस्थ
लसुनले मुटुसँग सम्बन्धति समस्यालाई हटाउँछ । लसुन खानाले हाम्रो रगत जम्ने समस्याबाट छुटकारा मल्छि र हृदयघात हुने सम्भावना पनि कम हुन्छ ।

पाचन प्रणाली हुन्छ बलियो
खाली पेटमा लसुनको पोटी खानाले हाम्रो पाचन प्रणालीमा निकै सुधार हुन्छ । यसले भोक नलाग्नेहरुलाई भोक जगाउँछ ।

धेरै रोगको निवारण
लसुन खाली पेटमा खानाले चीसो, खोकी, निमोनिया, ब्रोकाइन्टसिलगायतका समस्याबाट हामीलाई पर राख्न सहयोग गर्ने हुँदा लसुन सेवनबाट धेरै लाभ लिन सकिन्छ ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी