सन् २०२४ मा हुने टी–२० विश्वकपलाई अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने भएका छन् । आइतबार इन्टरनेसनल क्रिकेट काउन्सिलको बैठकले यो फैसला लिएको हो ।

विश्वकपमा पहिलोपटक २० वटा टोलीले भाग लिनेछन् । आयोजकका रूपमा अमेरिका र वेस्ट इन्डिजले प्रतियोगितामा सिधा प्रवेश पाउनेछन् । अमेरिकाले पहिलोपटक क्रिकेटको कुनै पनि फर्म्याटको विश्वकप खेल्न लागेको हो ।
मिडिया रिपोर्टका अनुसार २०२४ को विश्वकपमा भाग लिने २० टोलीमध्ये १२ वटा टोलीले सिधा प्रवेश पाउनेछन् । यसमा यस वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपका शीर्ष आठ टोलीले सिधा प्रवेश पाउने बताइएको छ । अमेरिका र वेस्टइन्डिजले आयोजकका रूपमा प्रवेश पाउँदा अन्य दुई टोलीको चयन यस वर्षको १४ नोभेम्बरसम्मको वरियताको आधारमा हुने हुनेछ । बाँकी आठ टोलीको फैसला रिजनल क्वालिफायर्सको आधारमा गरिनेछ । एसिया, अफ्रिका र युरोपका शीर्ष २ टोली विश्वकपमा खेल्नेछन्  भने अमेरिका र इस्ट एसिया प्यासेसिफिकका एक–एक टोलीलाई यसमा भाग लिने अवसर मिल्नेछ ।