हेटौंडा । हेटौंडाका युवाहरु मिलेर निर्माण गरेको बाधी राख नामक म्युजिक भिडियो हेटौंडाको ओ म्याक्स हलमा आज सार्वजनिक गरिएको छ । मलाई तिम्रो मायामा बाधी राख, मलाई तिम्रो आँखामा सजाई राख…बोलको गित बाधी राखका सम्पूर्ण टिम मिलेर सार्वजनिक गरेका हुन ।

मकवानपुरको पर्यटकीय क्षेत्र मकवानपुर गढी, कुलेखानी, इन्द्रसरोवर, भेडा फार्म, मोहीनी झर्ना लगायतको स्थानमा छायाँकन गरिएको छ । ६ मिनेट ५० सेकेन्ड रहेको यस भिडियो एक लाख २५ हजार लगानीमा निर्माण गरिएको हो ।

तीन दिन छायाँकन गरिएको यस भिडियोमा १४ जनाको टिम रहेका छन । म्युजिक भिडियोमा मोडलको भूमिकामा सुरज गौतम र सन्ध्या आचार्यले मुख्य भुमिका निर्वाह गरेका छन । सुमित श्रेष्ठको गायन रहेको यस भिडियोमा छायाँकन सागर श्रेष्ठले गरेका हुन । शब्द संगित प्रशान्त शिवाकोटीको रहेको यस भिडियो युवा वर्गलाई लक्षित गरेर निर्माण गरिएको हो ।

कार्यक्रममा नेपालकै चर्चित गायक कमल के क्षेत्रीले हेटौंडाका युवाहरु मिलेर बनाएको म्युजिक भिडियोको प्रशंसा समेत गरेका थिए ।