हेटौंडा । १५ औं गणतन्त्र दिवस २०७९ को अवसरमा खुला दौड प्रतियोगिता भएको छ ।

प्रदेश खेलकुद विकास परिसद्को आयोजनामा शनिवार भएको खुला दौड प्रतियोगितामा पुरुष तर्फ सञ्जीव मिजार र महिला तर्फ भिष्मा बस्नेत प्रथम भएका छन् ।

संजीवले प्रतियोगितामा ६ कि.मि. २३ दशमलब २६ मिनेटमा निर्धारित दुरि पार गरी प्रथम भएका हुन्। यस्तै प्रतियोगितामा नारायण जिसीले २३ दशमलब ३१ र गणेश बहादुर कुँवरले २३ दशमलब ४७ मिनेटमा निर्धारित दुरी पार गरी दोस्रो र तृतीय भएका थिए ।

यस्तै, महिला तर्फ भिष्मा बस्नेतले २७ दशमलब ३८ मिनेटमा निर्धारित दूरी पार गरी प्रथम भएकी हुन् । प्रतियोगितामा बसन्ती गोले २८ दशमलब ४२ मिनेटमा र दूर्गा स्वतीले ३० दशमलब ३५ मिनेटमा निर्धारित दुरी पार गरी द्वितीय र तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुने संजीव र भिष्माले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा द्वितीय हुनेले नगद १० हजार र तृतिय हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । दौड प्रतियोगिता बिहान ६ बजे बुद्ध चोकबाट सुरु भएको थियो ।