हेटौंडा । नेपाल बुद्धिचाल संघको महासचिवमा मकवानपुरका धरम लामा निर्वाचित भएका छन् ।

सोमबार काठमाडौंमा सम्पन्न संघको सातौं साधारणसभाबाट महासचिवमा लामा सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसअघि लामा सचिव थिए । यस्तै अध्यक्षमा इलामका विदुरप्रसाद गौतम निर्वाचित भए । नेपाल बुद्धिचाल संघको कार्यकाल ४ वर्षको रहेको छ ।