हेटौंडा । नेपाली चलचित्रका महानायक राजेश हमाल हेटौंडा आउने भएका छन् ।

हेटौंडा स्कुल अफ म्यानेजमेन्टको निमन्त्रणामा हमाल भोली मंगलबार हेटौंडा आउन लागेका हुन् ।

एजुकेशन एक्सपोज–२०२२ कार्यक्रममा प्रमुख वक्ताको रुपमा हमाल हेटौंडा आउन लागेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका कर्मचारी कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा हमालले विद्यालयतह सकेर उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई करीयर काउन्सील र मोटिभेश्नल विषयमा अभिमुखीकरण गराउने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

विद्यार्थीहरुको पठन पाठनसँग सम्बन्धित विषयमा कार्यक्रममा छलफल हुनेछ । कार्यक्रम भोली बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा हुँदैछ । साभारः समृद्ध समाज