हेटौंडा । बसामाडी जेसीजको सप्ताह कार्यक्रम अन्र्तगत मंगलबार भएको अन्तर जेसीज फुटशल प्रतियोगितामा आयोजक बसामाडी जेसीज विजयी भएको छ । फाइनल खेलमा हेटौंडा जेसीजलाई ५–२ गोल अन्तरले पराजित गर्दै बसामाडी जेसीज विजयी भएको हो । प्रतियोगितामा विजेता टिमले कप र मेडल प्राप्त गरेको थियो ।

प्रतियोगितामा आयोजक संस्था, हेटौंडा जेसीज, बस्तिपुर जेसीज, बकैया जेसीज(प्रस्ताविक) र हरिवन जेसीज (प्रस्ताविक)ले सहभागिता जनाएको कार्यक्रम संयोजक ध्रुव गौतमले जानकारी दिए ।

संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यता तथा बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जेसीजका पदाधिकारी एंव सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम महासचिव जनक शर्माले संचालन गरेका थिए ।

जेसीज सप्ताह कार्यक्रम अन्तरगत भोली बुधबार हेटौंडा ७ कमानेमा रहेको आशा विद्यालयमा खाद्यान्न एंव शैक्षिक सामाग्री वितरण गरिने युवा व्यवसायी बुद्धराज अर्यालले जानकारी दिए ।