हेटौंडा । हेटौंडाका लोकप्रिय गायक कमल के क्षेत्रीको आवाजमा रहेको सम्झना बिर्सना बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियो कमल के क्षेत्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो ४ मिनेट १९ सेकेन्डको रहेको छ । युवा बर्गलाई लक्षित यस गीतले मिलन र बिछोडको यादलाई ताजा बनाई दिन्छ ।

म्युजिक भिडियोमा गायक कमल के क्षेत्री र निजा पौडेलले अभिनय गरेका छन् । भिडियोलाई ओरिएन पिक्च्र्सले निर्माण गरेको हो । म्युजिक भिडियोको मिक्सिङ विशाल प्रधान (फोसिल) ले गरेका छन् ।

यसअघि कमल के क्षेत्रीले “आई लव यु ‘नाचन’, ‘तिम्रै मायाँले’, ‘पिपल पाते’, ‘मेरो माया’जस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् । उनी नेपाली गायक, संगीतकार र गीतकार हुन् ।