हेटौंडा । मकवानपुरको मनहरीमा भएको मोटरसाइकल दुर्घटनामा घाइतेको उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–८, घर भएका चितवन खैरहनी नगरपालिका–८ बस्ने अन्दाजी ४५÷५० बर्षीय नर बहादुर थापा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा सोमबार दिउँसो चितवन स्थित पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग गाउँपालिका–६ नयाँ बस्तीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश.०३–००३ प ८६५८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएर सडक किनारको पोलमा ठोक्किँएर दुर्घटना भएको थियो ।